३ असार,एजेन्सी। स्विडेनमा एक व्यक्तीले आफ्नै श्रीमतीको ओठ काटेका छन्। स्विडेनका एक प्रोफेसरलै आफ्नै श्रीमतीको ओठ मात्रै काटेनन्,उनले काटेको ओठलाई खाएका पनि थिए। उनले यसको गर्नुको कारण थियो, श्रीमती प्रतिको शंका । श्रीमतीको अरुसंगनै चक्कर चलेको शंकामा उनले श्रीमतीको ओठनै खाएदिएका थिए।

उनी स्वीडनको प्रतिष्ठित कैरोलिंस्का इंस्टीट्यूटमा एसोसिएट प्रोफेसरको पदमा कार्यरत थिए।
उनलाई प्रहरीले प्रकाउ गरेर हत्या प्रयासको मुद्दा लगाएको छ। तर प्रोफेसरलाई आफुले गरेको काम प्रति कुनै अपशोच छैन, आफ्नी श्रीमती यसैको लायक भएको उनले बताएका छन ।